१) विद्यालयको पृष्ठभुमि: वि.सं. २०४० साल देखि श्री बाल बगिश्वरी प्रावि को रुपमा सञ्चालन हुदै आएकोमा २०५७ बाट नि.मा.वि र २०७१ बाट मा.वि को रुपमा कक्षा १० सम्म सञ्ञचालन हुदै आएको छ । यस विद्यालयमा अधिकांश विद्यार्थी राना, तामाङ,चैधरी र दलित समुदायका छन् । २) विद्यालयको भवनस्थिति: सुदुरपश्चिम प्रदेशको कञ्ञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका ७ , बुद्धबस्तीमा यो विद्यालय रहेका छ । यस विद्यालयको दक्षिणमा वडा नं. ८ पर्छ भने उत्तरपश्चिममा वडा नं. ५ र ६ पर्छ । ३) विद्यालयको सेवा क्षेत्र: यस विद्यालयको सेवा क्षेत्र अन्तर्गत पुनर्वास ७ सम्पुर्ण क्षेत्र र पुनर्वास ६र८ को आशिंक क्षेत्र पर्दछ । विद्यालयको पहिचान यस विद्यालयको भौतिक संरचना तथा भौतिक सुविधाहरुमा कक्षाकोठा, वाईड बोर्ड, पिउने पानी लैगिक शौचालय, फर्निचर, पंखा, प्रविधिक शिक्षाको लागी ल्याब सहितको कम्यूटर, गणित तथा विज्ञानको लागि आवश्यक सामाग्री सहित विज्ञान तथा गणित प्रयाृगशाला, सानो कक्षाहरु खष्कगब िसिकाईको लागि डेस्टप कम्प्यूटर र Smart Tv, ठूलो कक्षा हरुमा प्रोजेक्टर प्रगोग, अरु विषयहरुको लागि पुस्ताकालय बाल विकास तथा पुर्व प्राथमिक तहलाई मन्टेशरी सामाग्री, शैक्षिक सामाग्री र खेल मैदानको कुनै कमि नरही पर्याप्त छ । विद्यालयको उद्येश्य र प्रशासन रणनिति उद्येश्य:विद्यालय शिक्षामा समन्यायिक पहूँचलाई सुनिश्च्ति गर्नु, गुणस्तर अभिवृद्धी गर्नु र संस्थालाई सक्षमाता अभिवृद्धी गर्नु हो । यसको लागि विद्यालयमा गुणस्तर शिक्षा तत्व देखिन्छ जब शिक्षा दिने र शिक्षा लिने दुवै पक्षले अनुसाशन र स्वस्थ्यतामा रही ्िरभावकारी सिकाई हुन्छ । विद्यार्थीलाई शिक्षा दिने मात्र नभै शिक्षित पनि बनाउनुपर्छ । रथको उदाहरण दुई पाङग्रा = अनुशासन र स्वस्थ्य चालक = प्रभावकारी ििसकाई (शिक्षक) तान्ने घाडा = विद्यार्थी लक्ष्य = गुणस्तर शिक्षा (शिक्षित) प्रशासनिय रणनिति : प्राथमिक तहमा विद्यार्थी संख्या न्यून हुनु, तहगत सिकाई उपलब्धि कम हुनु, विद्यार्थीको वार्षिक औसत हाजिरी कम हुनुको कारण अभिभावकहरुको गैर जिम्मेवारी देखिनुको सबैकारण कोभिड १९ को असर मात्र नभै अभिभावकहरुमा जनचेतनाको कमी हुनु, विद्यार्थीहरुमा शिक्षाको महत्व नबुझि परिश्रममा कमी हुनु, र शिक्षक कर्मचारीहरुको पनि गैर जवाफ देहीता देखा पर्दै जानु पनि देखिन्छ । यसबाट उन्मुक्ति पाउन र शिक्षालाई गुणस्तर बनाउन विद्यालयमा PASS (Parent Administrator Staff School )को अत्तिनै महत्वपुर्ण भुमिका हुन्छ । PASS ले विद्यालयमा गुणस्तर शिक्षाको लागि आपनो जिम्मेवारी प्रति निष्ठावान भई PAD, ( PUNCTUALITY, ACCOUNTABILITY, DISCIPLINE ) मा अत्तिनै संबेदनशील हुनुपर्छ । क) PAD FOR PASS विद्यालयले PAD FOR PASS को रणनितीको माध्यामबाट आप्नो विद्यालयको सबै बाल बालिकाहरुको गुणस्तरिय शिक्षामा समन्यायिक पहुँच सुनिश्चत गरी गुणस्तर शिक्षाको लागि उत्कृष्ट तथा नमुना विद्यालयको रुपमा स्थापित हुने दिर्घकालिन योजना छ । ख) सरोकारवालाहरुको सहभागिता यस विद्यालयले अनिवार्यरुपमा सरोकारवालाहरुको अर्थपुर्ण सहभागितामा विद्यालय सुधार योजना निर्माण र कार्यन्वय गर्नुपर्ने हुन्छ । शैक्षिक तथा भौतिक विकासका साथै शान्त, विभेदरहित, वातावरणमा अनुशासन, स्वस्थ्य र गुणस्तर शिक्षा प्रदान गर्न सरोकारवालाहरुको वास्ता, स्तर सल्लाह, सुझाव र उपस्थिति महत्तत्वपुर्ण हुन्छ । ग) विद्यालय हाम्रो शिक्षा राम्रो PASS ले यो कुरा बुभ्नु जरुरत छ कि यो सामुदायिक विद्यालय आम्रो सम्पत्ति हो । मैले संरक्षण, लगानी, मिहेनत गर्नुपर्छ, कि विद्यालय हाम्रो हो तब मात्र शिक्षा राम्रो
