संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
वि.सं.२०२८ सालमा हाल पुनर्वास नगरपालिका–७ बुद्धबस्ती (साविक परासन गा.वि.स.२) मा स्थापित श्री वागिश्वरी नमूना नि.मा.वि. विक्रम संवत् २०४० सालमा आएर बाढीको प्रकोपले उक्त विद्यालय भएको स्थान अनुपयुक्त भएको ठहर गर्दै विद्यालय सेवा क्षेत्रका सम्पूर्ण अभिभावक र जि.शि.का.को अनुमतिमा उक्त विद्यालयको प्रशासनिक तथा सम्पूर्ण भौतिक संरचनाहरुलाई प्रा.वि.र नि.मा.वि.मा विभाजन गरी विस्थापित गर्ने सन्दर्भमा प्रा.वि. लाई यस पु.न.पा.–७ बुद्धबस्तीमा (साविक परासन १ बुद्धबस्तीमा) २०३२ साल देखि संचालित श्री बाल ज्योति प्रा.वि.मा गाभिएको र त्यसको लगत्तै बाल ज्योति प्रा.वि.का. सम्पूर्ण दरवन्दीलाई श्री पु.ज.मा.वि. त्रिभुवनबस्तीमा हाल पु.न.पा.–६ मा लगिएकोले यस विद्यालयमा वागिश्वरी न.नि.मा.वि.को प्रा.वि. तहको दरवन्दी वाटै यो विद्यालय २०४० साल देखि हाल सम्म निरन्तर रुपमा संचालन हुँदै आइरहेको छ । स्थापनाकालमा विद्यालयको भौतिक पुर्वाधारको नाममा तीनकोठे छाप्रो मात्र रहेकोले तत्कालिन नेपाल पुनर्वास कम्पनी (हाल राष्ट्रिय आवास कम्पनी) योजना कार्यालयका योजना प्रमुख श्री बुद्धि बहादुर बुढाथोकी ज्यू को अध्यक्षतामा जि.वि.स.को सहयोगमा ६ कोठे पक्कि भवन निर्माण गरी विद्यालयको नाम समेत नामाकरण गरी श्री बाल वागिश्वरी प्रा.वि. (हाल मा.वि. र २०७१।९।४ को जिल्ला शिक्षा समितिको बैठकबाट मा.वि. का लागि सिफारिस भएको) राखियो । कालान्तरमा गएर विद्यालयले विद्यार्थीको चाप र कक्षाकोठाको अभाव महसुस गरी ५ ओटा पक्कि भवन र २ कोठे शौचालय समेत निर्माण गरिसकेको छ । कक्षाकोठाको अभाव पुरा भएको छ ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।