- Discipline: बालबालिकालाई अनुशासित बनाउने ।
- Healthy: बालबालिकालाई स्वस्थ्य तन , स्वस्थ्य शिक्षा दिने ।
- Quality: बालबालिकालाई गुणस्तरीय शिक्षा दिने ।
- Social: बालबालिकालाई सामाजिक उत्तरदायि बनाउने ।
बिधालय सम्बन्धि जानकारि
इतिहास: वि.सं.२०२८ सालमा हाल पुनर्वास नगरपालिका–७ बुद्धबस्ती (साविक परासन गा.वि.स.२) मा स्थापित श्री वागिश्वरी नमूना नि.मा.वि. विक्रम संवत् २०४० सालमा आएर बाढीको प्रकोपले उक्त विद्यालय भएको स्थान अनुपयुक्त भएको ठहर गर्दै विद्यालय सेवा क्षेत्रका सम्पूर्ण अभिभावक र जि.शि.का.को अनुमतिमा उक्त विद्यालयको प्रशासनिक तथा सम्पूर्ण भौतिक संरचनाहरुलाई प्रा.वि.र नि.मा.वि.मा विभाजन गरी विस्थापित गर्ने सन्दर्भमा प्रा.वि. लाई यस पु.न.पा.–७ बुद्धबस्तीमा (साविक परासन १ बुद्धबस्तीमा) २०३२ साल देखि संचालित श्री बाल ज्योति प्रा.वि.मा गाभिएको र त्यसको लगत्तै बाल ज्योति प्रा.वि.का. सम्पूर्ण दरवन्दीलाई श्री पु.ज.मा.वि. त्रिभुवनबस्तीमा हाल पु.न.पा.–६ मा लगिएकोले यस विद्यालयमा वागिश्वरी न.नि.मा.वि.को प्रा.वि. तहको दरवन्दी वाटै यो विद्यालय २०४० साल देखि हाल सम्म निरन्तर रुपमा संचालन हुँदै आइरहेको छ । स्थापनाकालमा विद्यालयको भौतिक पुर्वाधारको नाममा तीनकोठे छाप्रो मात्र रहेकोले तत्कालिन नेपाल पुनर्वास कम्पनी (हाल राष्ट्रिय आवास कम्पनी) योजना कार्यालयका योजना प्रमुख श्री बुद्धि बहादुर बुढाथोकी ज्यू को अध्यक्षतामा जि.वि.स.को सहयोगमा ६ कोठे पक्कि भवन निर्माण गरी विद्यालयको नाम समेत नामाकरण गरी श्री बाल वागिश्वरी प्रा.वि. (हाल मा.वि. र २०७१।९।४ को जिल्ला शिक्षा समितिको बैठकबाट मा.वि. का लागि सिफारिस भएको) राखियो । कालान्तरमा गएर विद्यालयले विद्यार्थीको चाप र कक्षाकोठाको अभाव महसुस गरी ५ ओटा पक्कि भवन र २ कोठे शौचालय समेत निर्माण गरिसकेको छ । कक्षाकोठाको अभाव पुरा भएको छ । यस विद्यालयलाई शै.स.०५७ वाट नि.मा.वि. स्तर कक्षा ६ संचालन अनुमती माग गरिएको मा शै.स. ०५७|०५८ मा ०५७।७।२८ मा अनुमती प्राप्त भएको कक्षा ७ को अनुमती ०५८।०५९ मा प्रप्त भएको र कक्षा ८ को ०५९।०६० मा अनुमती प्राप्त भएको हाल विद्यालयको संरचना मा.वि. (१–१०) रहेको छ ।
- Discipline: बालबालिकालाई अनुशासित बनाउने ।
- Healthy: बालबालिकालाई स्वस्थ्य तन , स्वस्थ्य शिक्षा दिने ।
- Quality: बालबालिकालाई गुणस्तरीय शिक्षा दिने ।
- Social: बालबालिकालाई सामाजिक उत्तरदायि बनाउने ।
विद्यालय उमेरको सबै बालबालिकाहरुको गुणस्तरिय शिक्षामा समन्यायिक पहुँच सुनिश्चित गरी नमुना विद्यालयको रुपमा स्थापित हुनेछ ।
Fearless Environment: त्रास रहित वातावरण (भय रहित)
सबै खाले जातजाती, धर्म, संस्कृती, लिगं, अपांगता र समुदायबाट विद्यालयमा आउने बालबाविकाहरुलाई भय रहित र समानता मुलक वातावरणमा पठनपाठन गराउने ।
Quality Education: गुणस्तरीय शिक्षा विद्यालय उमेरका सबै खाले बालबालिकाहरुलाई समयानुकुल गुणस्तरिय शिक्षाको पहेँचमा जोड दिने ।
Justice Teaching: समन्यायिक सिकाई वातावरण सिर्जना गर्ने ।
Parental Environment: विद्यालयका अधिकांश क्रियाकलापहरुमा सामुदाय तथा अभिभावकहरुको संलग्नता बढाई विद्यालयलाई एउटा नमुना शैक्षिक संस्थाको रुपमा स्थापित गर्ने ।
Ageless Children: सबै उमेरका बालबालिका विद्यालयको सेवा क्षेत्र भित्रका सबै उमेरका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने वाताारण बनाउने ।
Student Center: विद्यार्थी केन्द्रित बालबालिकाको पृष्ठभुमि तथा पारिवारिक संस्कारमा सिकाई गर्ने वातावरण ।
